फुटबल

अर्जेन्टिनाका मिडफिल्डर डि मारियाले अस्ट्रेलियाविरुद्ध खेल गुमाउन सक्ने

इकागज |
मंसिर १७, २०७९ शनिबार १३:४१ बजे

काठमाडौँ- अर्जेन्टिनाका मिडफिल्डर एन्जेल डी मारियाले कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अस्ट्रेलियाविरुद्ध खेल गुमाउने सम्भावना रहेको छ ।

अर्जेन्टिनाले नकआउट चरणमा आज राति अस्ट्रेलियाको सामना गर्दैछ । अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।


तर अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मारियाले खेल गुमाउन सक्ने सम्भावना रहेको जनाए ।

समूह चरण अन्तर्गत अर्जेन्टिनाले पोल्यान्डलाई २-० ले पराजित गरेको खेलमा मारिया घाइते भएका थिए ।


Author

थप समाचार
x