फुटबल

फिफा विश्वकपः जापानलाई पेनाल्टीमा हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

इकागज |
मंसिर १९, २०७९ सोमवार २३:३२ बजे

काठमाडौँ- क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टफाइनलमा प्रवेश गरेको छ । प्रि-क्वार्टरफाइनल खेलमा जापानलाई पराजित गर्दै क्रोएसिया अन्तिम ८ मा प्रवेश गरेको हो ।

विजेताको टुंगो भने पेनाल्टी सुटआउटबाट लागेको थियो । पेनाल्टीमा क्रोएसियाले खेल ३-१ ले जित्यो ।


पेनाल्टीमा जापानका लागि टाकुमा असानोले गोल गरेपनि माया योसिडा, काओरु मिटोमा र टाकुमी मिनामिनोले गोल गर्न सकेनन् ।  

क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिक, मारियो पोसालिकले गोल गर्दा मार्को लिभाजाले गोल गर्न सकेनन् ।

यसअघि निर्धारित ९० मिनेट तथा थपिएको ३० मिनेटमा दुबै टोलीले १-१ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटबाट विजेताको टुंगो लागेको हो ।

खेलको ४३ औँ मिनेटमा गोल गर्दै डायजेन माइडाले जापानलाई अग्रता दिलाएका थिए । तर ५५ औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्‍याएका थिए ।


Author

थप समाचार
x