फुटबल

ब्राजिलको जित पेलेप्रति समर्पित

इकागज |
मंसिर २०, २०७९ मगलवार १३:३९ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत ब्राजिल फुटबल टिमका खेलाडीहरुले दक्षिण कोरियाविरुद्धको जितलाई फुटबल लिजेन्ड पेलेप्रति समर्पित गरेका छन् ।

प्रि-क्वार्टरफाइनल अन्तर्गत ब्राजिलले सोमबार राति दक्षिण कोरियालाई ४-१ ले पराजित गरेको थियो ।


उक्त जितलाई ब्राजिलका खेलाडीहरुले ८२ वर्षीय पेलेप्रति समर्पित गरेका हुन् । लामो समयदेखि विरामी रहेका पेले अहिले अस्पतालमा छन् ।

अस्पतालमा रहेका पेलेले भने ब्राजिलको खेल भने अस्पतालमै टेलिभिजनमा हेर्ने बताए ।


Author

थप समाचार
x