फुटबल

विश्वकपबाट बाहिरिएपछि स्पेनिस समर्थकको आँशू

इकागज |
मंसिर २१, २०७९ बुधबार ९:११ बजे

तस्बिरः रोयटर्स

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको प्रि-क्वार्टरफाइनलबाटै टिम बाहिरिएपछि स्पेनका समर्थकहरुले आँशू झार्न बाध्य भए ।

मंगलबार राति भएको खेलमा स्पेनले मोरक्कोविरुद्ध पराजय भोग्यो । मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्‍यो ।


विश्वकपबाट बाहिरिएपछि स्पेनमै घरेलु समर्थक आँशूमा डुब्दा मोरक्कोका समर्थकहरु भने बार्सिलोनादेखि मड्रिडसँगै अन्य सहरमा खुसियाली मनाइरहेको रोयटर्सले जनाएको छ ।

स्पेनको झन्डा बोकेर रेस्टुरेन्ट र बारमा भेला भएका समर्थकहरु निराश देखिए ।

स्पेनको मड्रिडमा जन्मिएका अचराफ हाकिमीले मोरक्कोका लागि पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेका थिए ।


Author

थप समाचार
x