फुटबल

रामोस भन्छन्, सुरुवाती-११ मा पर्ने कुरा कल्पनामा पनि सोचेको थिइनँ

इकागज |
मंसिर २१, २०७९ बुधवार १३:३० बजे

काठमाडौँ- पोर्चुगलका युवा खेलाडी गोनकालो रामोसले स्विट्जरल्याण्डविरुद्ध ह्याट्रिक पुरा गर्ने कुरा सपनामा पनि नसोचेको बताएका छन् । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत प्रि-क्वार्टरफाइनलमा पोर्चुगलले स्विट्जरल्याण्डलाई ६-१ ले पराजित गर्दा रामोसले ह्याट्रिक पुरा गरे ।

२१ वर्षीय रामोस पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको स्थानमा सुरुवाती-११ मा मैदान प्रवेश गरेका थिए । पहिलो पटक विश्वकप खेलिरहेका रामोसले १७, ५१ र ६७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।


उनले आफू सुरुवाती-११ मा पर्ने कुरा सपनामा पनि नसोचेको तथा ह्याट्रिक पुरा गर्ने कुरा पनि कल्पनामा नरहेको बताएको आईएएनएसले जनाएको छ ।

उनले ३७ वर्षीय रोनाल्डो आफ्नो बाल्यकालको मनपर्ने खेलाडी रहेको समेत बताए ।


Author

थप समाचार
x