फुटबल

यी हुन् फिफा विश्वकप २०२२ का शीर्ष गोलकर्ताहरू

इकागज |
पुस ४, २०७९ सोमवार १०:५९ बजे

काठमाडौँ- कतारमा आइतबार राति सम्पन्न फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक उपाधि जितेको हो ।

अर्जेन्टिनाले उपाधि जिते पनि सर्वाधिक गोलकर्ता भने फ्रान्सका कायलियन एमबाप्पे बने । उनले प्रतियोगिता अवधिभरी सर्वाधिक ८ गोल गरे । उनले फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक पनि पुरा गरे ।


एमबाप्पेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ७ गोल गरेका छन् । उनले फ्रान्सविरुद्धको फाइनलमा दुई गोल गरे ।

यता अर्जेन्टिनाका जुलियन अल्भारेज र ओलिभियर जिरुडले समान ४-४ गोल गरेका छन् ।

त्यसैगरी, ब्राजिलका रिचार्लीसन, इंग्ल्यान्डका बुकायो साका, स्पेनका अल्भारो मोराटा, इक्वेडरका इनेर भालेन्सिया, नेदरल्यान्ड्सका कोडी गाक्पो, इंग्ल्यान्डकै मार्कस रासफोर्ड र पोर्चुगलका गोनकालो रामोसले समान ३-३ गोल गरे ।


Author

थप समाचार
x