फुटबल

एन्फालाई अन्जनको प्रश्‍न: पटक-पटक लिग सार्दा खेलाडीको चिन्ता लाग्दैन ?

इकागज |
पुस ८, २०७९ शुक्रबार १२:४३ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग अनिश्चित बनेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)प्रति असन्तुष्टि जनाएका छन् । 

नेपालमा फुटबल संचालन गर्ने सर्वोच्च निकाय एन्फाले नै समयमा लिग संचालन गर्न नकसेपछि खेलाडीहरू फुटबल खेल्नबाट वन्चित बनेको भन्दै अन्जनले असन्तुष्टि जनाएका हुन् ।  ‘म जस्तो फुटबललाई नै आफ्नो सबथोक मानेर हिडेको खेलाडी फुटबल नै खेल्न वन्चित हुँदा समेत हाम्रो अभिभावक एन्फा किन यस्तो ढिलासुस्ती गर्दै छ ? लिग तपाईहरूले गर्ने हो कि कसले ?,' अन्जनले प्रश्न गरेका छन्, 'पटक-पटक लिग सार्दा तपाईहरूलाई खेलाडीहरूको चिन्ता लाग्दैन? अझै धेरै खेलाडीहरू विदेशिएको देख्न चाहानुहुन्छ?,’


त्यतिमात्र नभएर उनले ‘ए’ डिभिजन क्लबहरूलाई पनि लिगका लागि कहिले तयार हुने भनेर प्रश्न गरेका छन् ।

‘प्रिय ए डिभिजन क्लबहरू तपाईहरू कहिले हुनुहुन्छ तयार? लिग खेल्न केही क्लब तयार नभएको सुन्छु, आर्थिक भार बढ्छ रे, एन्फाले समयमा नै पैसा उपलब्ध नगराएकोमा। तपाईंहरूको मेहेनतविना एन्फाको अनुदानमा मात्रै आजसम्म नेपाली फुटबलमा तपाईंहरूले आफ्नो क्लबको ईतिहास राख्नु भएको त पक्कै होइन होला? हजुरहरूको आवश्यकता र चिन्ताप्रति हाम्रो पनि सम्मान रहेको छ तर हिजोदेखि आजसम्मको नेपाली घरेलु फुटबलको ईतिहासलाई पनि फर्केर हेर्नुस् त नेपालमा कति पटक लिग रोकियो क्लब र एन्फाको  लफडामा? कति खेलाडीहरू पलायन भए उक्त समयमा  लेखजोखा छ एन्फा र क्लबसँग? खेलाडीको जीवन चाँहि जीवन होइन ? खेलाडीलाई परेको आर्थिक भार कसले बुझ्ने ? हुन पनि बिचरा हामी खेलाडीले के नै गर्न सक्छौ त्यही आवाज उठाउँछन्, त्यो नी कसले पो सुन्छ र!,’ उनी थप्छन् ।

उनको अर्को प्रश्न भनेको यसरी पनि देशको फुटबलको स्तर बढ्छ र?

‘एन्फाका पदाधिकारीज्यूहरू, ए डिभिजन क्लबहरू, यसरी हाम्रो देशको फुटबल कॅहा पुग्छ? नेपाली फुटबल र नेपाली खेलाडीको नी माया गर्नुस, आखिर कहिलेसम्म एकले अर्कोलाई दोष लगाउँदै लिग लाई पर पर धकाल्नु हुन्छ? खेलाडीहरूको रगत पसिनामा कहिलेसम्म तपाईंहरू स्वार्थपूर्ति गर्नुहुन्छ?’


Author

थप समाचार
x