स्वास्थ्य अवस्था झनै बिग्रिएपछि पेलेले अस्पतालमै ‘क्रिसमस डे’ मनाउने
काठमाडौँ- क्यान्सरपीडित महान ब्राजिलियन फुटबलर पेलेको स्वास्थ्य अवस्था झनै खराब भएको छ । अल्बर्ट आइन्सटाइन जेविस हस्पिटलमा उपचार गराइरहेका पेलेको अवस्था थप जटिल बनेको सीएनएनले जनाएको छ ।
उनलाई थप जटिल उपचारको आवश्यकता रहेको अस्पतालले जानकारी गराएको छ । यसको अर्थ क्रिसमसमा पेलेको बसाई अस्पतालमै हुने निश्चित भएको छ ।
पेलेकी छोरी केली नासिमेन्टोले जनाए अनुसार घरमा क्रिसमस नमाइने निश्चित भइसकेको छ ।
पेलेले ब्राजिलका लागि ४ वटा विश्वकप खेल्दै सन् १९५८, १९६२ र १९७० मा विश्वकपको उपाधि दिलाएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया