फुटबल

इंग्ल्यान्डलाई विश्वकपको उपाधि दिलाएका फुटबलर कोहेनको निधन

इकागज |
पुस ९, २०७९ शनिबार ९:५३ बजे

काठमाडौँ- इंग्ल्यान्डलाई सन् १९६६ मा फिफा विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका जर्ज कोहेनको निधन भएको छ । कोहेनको ८३ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।

इंग्ल्यान्डका विंगर कोहेनले सन् १९६६ को विश्वकपका ६ खेल पुरै समय खेलेका थिए । वेम्बलीमा भएको फाइनलमा इंग्ल्यान्डले वेस्ट जर्मनीलाई ४-२ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो ।


इंग्ल्यान्डका लागि ३७ खेल खेलेका कोहेनले क्लब फुटबल जीवन फुलह्याममै विताए । उनले फुलह्याममा १३ वर्ष विताउँदा ४५९ खेल खेलेका थिए ।


Author

थप समाचार
x