विश्वकप खेलेका खेलाडीलाई विश्राम दिँदै टोटेनहम
काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डविरुद्ध हुने खेलका लागि टोटेनहमले कतारमा सम्पन्न फिफा विश्वकप फुटबल खेलेका खेलाडीलाई नखेलाउने भएको छ ।
बीबीसीले जनाएअनुसार विश्वकप खेलेका खेलाडीलाई ब्रेन्टफोर्डविरुद्धको खेलका लागि टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले विश्राम दिने भएका हुन् ।
विश्वकप समापन भएको ८ दिनभित्रै लिग आजबाट सुरु हुँदैछ । समग्रमा टोटेनहमका १२ खेलाडीले विश्वकप खेलेका थिए ।
फ्रान्सका लागि विश्वकप खेलेका ह्युगो ललोरिस तथा अर्जेन्टिनाका क्रिस्टियन रोमेरोलाई विश्राम दिइने निश्चित भइसकेको छ । फ्रान्स र अर्जेन्टिनाले विश्वकपको फाइनल खेलेका थिए ।
यता उरुग्वेका रोड्रिगो बेन्टान्कर तथा ब्राजिलका रिचार्लीसनले पनि सोमबारको खेल खेल्ने छैनन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया