जिदानेलाई मुख्य प्रशिक्षक बनाउने ब्राजिलको योजना
काठमाडौँ- ब्राजिलले जिनेदिने जिदानेलाई फुटबल टिमको मुख्य प्रशिक्षक बनाउने योजना बनाएको छ । स्थानीय संचार माध्यमहरूले जनाए अनुसार खाली रहेको प्रशिक्षकको पदमा जिदानेलाई ल्याउने तयारी ब्राजिलले गरिरहेको छ ।
कतारमा सम्पन्न फिफा विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका थिए ।
तर, सन् १९९८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका जिदाने भने फ्रान्सकै प्रशिक्षक बन्न सक्ने कुरा पनि सार्वजनिक भइरहेको छ ।
समाचारमा जनाइए अनुसार डिडएर डेसचाम्प फ्रान्सको प्रशिक्षक पदमा रहिरहे जिदाने ब्राजिलको प्रशिक्षक बन्न सक्नेछन् ।
विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका प्रशिक्षक डेसचाम्पले आफ्नो भविष्यबारे फ्रान्सेली फुटबल संघका पदाधिकारीसँग कुरा गर्ने बताएका थिए ।
५० वर्षीय जिदानेले रियल म्याड्रिडलाई लगातार तीन पटक युईएफए च्याम्पियन्स लिगको उपाधि दिलाए पनि गत वर्षदेखि कामविहीन छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया