फुटबल

इंग्लिस प्रिमियर लिग : लिभरपुलको सहज जित

इकागज |
पुस १२, २०७९ मंगलबार ८:५३ बजे

काठमाडौं - इंग्लिस प्रिमियर लिगअन्तर्गत बक्सिङ डे को खेलमा लिभरपुलले सहज जित निकालेको छ । भिल्लापार्कमा भएको खेलमा एकपक्षीय दबाब बनाएको लिभरपुलले घरेलु टोली एस्टन भिल्लालाई ३–१ को अन्तरले हराएको हो। 

लिभरपुलको जितमा पाँचौ मिनेटमै मोहम्मद सलाहले पहिलो गोल गरे । सलाहकै पासमा भर्जिल भान डाइकले ३७औं मिनेटमा २–० को अग्रता बनाए । ५९औं मिनेटमा ओलिइ वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई २–१ को अवस्थामा झारेका थिए । तर, स्टेभन बाजसेटिकले ८१औं मिनेटमा गोल गरेपछि एस्टन भिल्ला खेलमा फर्कन सकेन् । 


जितसँगै जोर्गेन क्लोपको लिभरपुल १५ खेलबाट २५ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । भिल्ला १६ खेलबाट १८ अंकसहित १२औं स्थानमा छ । 
 


Author

थप समाचार
x