फुटबल

साफ यू-२० च्याम्पियनसीपका लागि ४१ खेलाडी छनोट

इकागज |
पुस १२, २०७९ मंगलबार १५:४९ बजे

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसीपका लागि प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरेको छ ।

एन्फाले जनाए अनुसार टिमका मुख्य प्रशिक्षक यम गुरुङले प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरेका हुन् । च्याम्पियनसीप बंगलादेशको राजधानी ढाकामा आउँदो फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुनेछ ।


च्याम्पियनसीपमा आयोजक बंगलादेशसँग नेपाल, भारत र भुटानको सहभागिता रहनेछ । च्याम्पियनसीपअन्तर्गत नेपालले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्ने छ ।

नेपालले दोस्रो खेल फेब्रुअरी ५ मा भुटान र तथा तेस्रो खेल फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ । राउण्ड रोबिन आधारमा हुने च्याम्पियनसीपको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

प्रारम्भिक चरणका लागि छनोट भएका खेलाडीः-

गोलरक्षक: कविता विक, सावित्री किशन, लिला जोशी, पुजा थापा, सुजाता तामाङ, मिरा राई

डिफेन्डरः रोजिना विष्ट, अनिशा कुँवर, दिपा पुन, सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, शोभा क्षेत्री, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, सुशीला केसी, बिर्सना चौधरी, सुष्मा जीटी, सलिना सारु, मणिद्रा राई, कुसुम खतिवडा, जेनिफर राणा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, हिमा रावत, दिपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द, वर्षा ओली, सदिपा भोलान, सेनु परियार


Author

थप समाचार
x