फुटबल

अन्जन चर्च ब्वाइजमा, मनाङलाई स्वार्थ अनुसार चलाउन खोजेको आरोप

इकागज |
पुस १३, २०७९ बुधबार ९:३८ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइजमा आवद्ध भएका छन् । अन्जनलाई एक वर्षका लागि क्लबमा  भित्र्याएको चर्च ब्वाइजले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

२४ वर्षीय फरवार्ड अन्जनले ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङदी छाडेर चर्च ब्वाइज गएका हुन् ।


अन्जनले पनि भने केही व्यक्तिले मनाङलाई स्वार्थ अनुसार चलाउन खोजेपछि आफूले क्लब छाड्न बाध्य भएको जनाएका छन् ।

उनले मनाङमा खेलाडीको मनोबल गिराउने कार्य हुन थालेपछि बाध्य भएर क्लबसँगको सहकार्य टुंग्याउने निधो गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

अन्जन चर्च ब्वाइजमा गएपनि ए डिभिजन फुटबल लिगको कुनै टुंगो लागेको छैन ।


Author

थप समाचार
x