कतार विश्वकप : मेस्सी बसेको होटलको कोठालाई संग्रहालय बनाइने
काठमाडौँ- फिफा विश्वकप फुटबलका क्रममा अर्जेन्टिना फुटबल टिमका कप्तान लियोनल मेस्सी बसेको होटल ‘रुम’लाई संग्रहालय बनाइने भएको छ । उनी युनिभर्सिटी अफ कतारको रुममा बसेका थिए ।
३५ वर्षीय कप्तान मेस्सीले १९८६ पछि पहिलो पटक अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । विश्वकपको फाइनलमा साविक विजेता फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो । मेस्सीले विश्वकपमा सात गोल गर्नुका साथै ३ गोलका लागि असिस्ट गरेका थिए ।
उनको विश्वकपको यात्रा तथा योगदानलाई अमर बनाइने द सनले जनाएको छ । मेस्सी बसेको होटल रुमलाई संग्राहलय बनाइने तथा सर्वसाधारणका लागि खुल्ला गरिने छ । उनको ट्रफी तथा प्लेयर अफ द टुर्नामेन्टको प्रतिक समेत राखिने भएको छ ।
समर्थकहरूले मेस्सीले उपाधि जित्दासम्मको समय कसरी बिताएको भन्नेबारे जानकारी पाउन सक्नेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया