फुटबल

लिभरपुलका डिफेन्डर डायक एक महिना मैदान बाहिरै

इकागज |
पुस २३, २०७९ शनिबार ११:१२ बजे

काठमाडौँ- इंग्लिस फुटबल क्लब लिभरपुलका डिफेन्डर भरगिल भान डायक एक महिना मैदान बाहिरै हुने भएका छन् । ह्यामस्ट्रिङ समस्याका कारण डायक कम्तिमा पनि एक महिना मैदान बाहिरै रहने आईएएनएसले जनाएको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत गत सोमबार ब्रेन्टफोर्डविरुद्धको खेलका क्रममा नेदरल्यान्ड्सका डिफेन्डर डायक घाइते भएका थिए । ब्रेन्टफोर्डले उक्त खेल ३-१ गोलअन्तरले जितेको थियो ।


डायकले लिग अन्तर्गतका ब्राइटन, चेल्सी र उल्भ्सविरुद्धको खेल गुमाउने भएका छन् ।


Author

थप समाचार
x