२०२६ को विश्वकपसम्म डेसच्याम्प्स फ्रान्सको प्रशिक्षक रहने पक्का
काठमाडौँ- फ्रान्स फुटबल टिमका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले सम्झौता नवीकरण गरेका छन् । नयाँ सम्झौता अनुसार डेसच्याम्प्स सन् २०२६ सम्म फ्रान्सका मुख्य प्रशिक्षकका रूपमा रहने स्काइस्पोर्टसले जनाएको छ ।
गत डिसेम्बरमा कतारमा सम्पन्न फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि डेसच्याम्प्सले पदबाट राजीनामा दिने अपेक्षा गरिएको थियो । तर, उनी थप साढे ३ वर्ष फ्रान्समै बस्ने सुनिश्चित भएको छ ।
उनी सन् २०२६ मा अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकपसम्म फ्रान्सको प्रशिक्षक रहने छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया