फुटबल

पीएसजीका पूर्व मिडफिल्डरको हृदयघातका कारण निधन

इकागज |
पुस २५, २०७९ सोमबार ११:२ बजे

काठमाडौँ- फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र क्यामरुनका मिडफिल्डर मोडेस्टे एमबामीको हृदयघातको कारण मृत्यु भएको छ । एमबामीको ४० वर्षको उमेरमा निधन भएको सीएनएनले जनाएको छ ।

पीएसजीका लागि सन् २००४ र २००६ मा फ्रेन्च कपको उपाधि जितेका एमबामीले सन् २००० मा क्यामरुनलाई ओलम्पिकमा स्वर्ण दिलाएका थिए ।


एमबामीले सन् २००३ देखि तीन सिजन पीएसजीका लागि खेलेका थिए । उनले थप तीन वर्ष फ्रेन्च क्लब  ओलम्पिक डी मार्सेलका लागि खेलेका थिए ।


Author

थप समाचार
x