वेल्सका कप्तान गारेथ बेलले लिए फुटबलबाट सन्न्यास
काठमाडौँ- वेल्स फुटबल टिमका कप्तान गारेथ बेलले फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बेलले ३३ वर्षकै उमेरमा फुटबलबाट सन्न्यासको घोषणा गरेको बीबीसीले जनाएको छ ।
राष्ट्रिय टिमबाट सर्वाधिक खेल खेलेका बेलले सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । स्पेनिस क्लब रियल मड्रिडका लागि पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका बेललाई वेल्सको सबै भन्दा उत्कृष्ट खेलाडीको रूपमा लिने गरिन्छ ।
साउथाम्पटनबाट टोटेनहमतथा स्पेनिस क्लब रियल हुँदै बेलले जुन २०२२ मा मेजर लिग सकर क्बल लस एन्जेलेस एफसीमा आबद्ध भए । उनले रियल मड्रिडलाई तीन पटक लिगको उपाधि समेत दिलाएका थिए ।
वेल्सलाई सन् २०१६ तथा २०२० मा युरोपियन च्याम्पियनसीप तथा १९५८ पछि २०२२ को विश्वकप पुर्याएका बेलले १ सय ११ खेलमा ४१ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया