फ्रान्सका गोलरक्षक ह्युगोको सन्न्यास घोषणा
काठमाडौँ- फ्रान्स राष्ट्रिय फुटबल टिमका गोलरक्षक ह्युगो ललोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । गत डिसेम्बरमा फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनासँग फ्रान्सले पेनाल्टी सुटआउटमा पराजित भएको केही हप्तापछि ह्युगोले सन्न्यासको घोषणा गरेको बीबीसीले जनाएको छ ।
इंग्लिस क्लब टोटेनहमका कप्तान समेत रहेका ३६ वर्षीय ह्युगोले सन् २०१८ मा फ्रान्सलाई कप्तानको रुपमा विश्वकपको उपाधि दिलाएका थिए । युरोकपको छनोट सुरु हुन केही समय बाँकी छदाँ ह्युगोले सन्न्यास लिएका हुन् ।
२०२४ को युरो कपको छनोट अन्तर्गत फ्रान्सले जिब्रराल्टार, ग्रिस, नेदरल्यान्ड्स र आयरल्यान्डको सामाना गर्नेछ ।
ह्युगोले सन् २००८ मा फ्रान्सका लागि डेब्यु गर्दै १ सय ४५ खेल खेले । कतार विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दा उनी गोलरक्षक थिए । उनले फ्रान्सका लागि कीर्तिमानी १ सय २१ खेलमा कप्तानको भूमिकामा निर्वाह गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया