युनाइटेड, टोटेनहम र लिभरपुल खरिद गर्न कतार स्पोर्टसको दौडधुप
काठमाडौँ- कतार स्पोर्टस इन्भेस्टमेन्टले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, टोटेनहम हटस्पर अथवा लिभरपुल फुटबल क्लब खरिदका लागि दौडधुप गरिरहेको छ ।
ब्लुमबर्ग न्यूजलाई उदृत गर्दै रोयटर्सले जनाए अनुसार कतार स्पोर्टसका अध्यक्ष नासेर अल-खेलाइफीले टोटेनहमका अध्यक्ष ड्यानियल लेभीसँग क्लबको शेयर खरिदका लागि छलफल गरेका हुन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको मालिक कतार स्पोर्टसले पोर्चुगलको एससी ब्रागामा पनि लगानी गरेको छ । तर टोटेनहमले भने क्लबको शेयर बिक्रीका लागि कुनै छलफल नभएको दावी गरेको छ ।
अर्कोतर्फ प्रतिवेदनका अनुसार कतार स्पोर्टसले म्यानचेस्टर युनाइटेड अथवा लिभरपुललाई पूर्ण वा आंशिक रुपमा खरिद गर्न चाहेको छ ।
म्यानचेस्टरका अमेरिकी मालिक ग्लेजरले भने क्लब बिक्री वा क्लबको केही शेयर बिक्रीका लागि लगानीकर्ता खोजिरहेको बताइन्छ ।
लिभरपुलका अध्यक्ष टम वेर्नरले पनि गत नोभेम्बरमा क्लबको मालिक फेनवे स्पोर्टस ग्रुपले क्लब बेच्न खोजेको बताएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया