फुटबल

‘बी’ डिभिजन फुटबल लिग चैत १५ बाट

इकागज |
पुस २६, २०७९ मंगलबार १६:४१ बजे

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग चैत १५ बाट गर्ने भएको छ । ‘बी’ डिभिजन क्लबहरुसँगको छलफलपछि लिग चैत १५ बाट आयोजना गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।

एन्फाले लिगका लागि क्लबलाई दिइदै आएको तयारी खर्च पनि बढाएको छ । एन्फाले सहभागी क्लबलाई लिग तयारीका लागि १४ लाख ५० हजार दिने निर्णय गरेको छ । यसअघि एन्फाले १२ लाख ५० हजार दिदै आएको थियो ।


लिगका लागि क्लबहरुले फागुन ८ सम्म दर्ता गराउनुपर्ने तथा चैत ७ सम्म कम्तिमा पनि २० खेलाडी दर्ता गर्नुपर्ने छ ।

छलफलमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई तथा प्रवक्ता सुरेश शाहसँगै १४ वटै क्लबका प्रतिनिधिको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x