फुटबल

सिटीका डिफेन्डर बलात्कार मुद्दामा निर्दोष, थप मुद्दाको सुनुवाइ बाँकी

इकागज |
पुस ३०, २०७९ शनिबार १५:५१ बजे

काठमाडौँ- म्यानचेस्टर सिटीका डिफेन्डर बेन्जामिन मेन्डीलाई बलात्कारको ६ वटा मुद्दा र यौन उत्पीडनको एउटा मुद्दामा निर्दोष पाइएको छ ।

तर न्यायाधीशहरुले भने बलात्कारको एउटा तथा बलात्कारको प्रयासको एउटा मुद्दामा फैसला गर्न नसकेको बेलायती संचारमाध्यलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।


मेन्डी तथा लुइस साहा माटुरीविरुद्ध १३ जना महिलाले बलात्कारको आरोप लगाएपछि अगस्टदेखि चेस्टर क्राउन कोर्टमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

मेन्डीले सिटीका लागि २०२१ को अगस्टमा टोटेनहमविरुद्ध अन्तिम खेल खेलेका थिए । त्यसपछि उनी पक्राउ परेपछि सिटीले उनलाई क्लबबाट निलम्बन गरेको थियो ।


Author

थप समाचार
x