फुटबल

शख्तरले चेल्सीबाट आउने रकम युक्रेनको युद्धमा खर्च गर्ने

इकागज |
माघ ३, २०७९ मंगलबार १०:१९ बजे

काठमाडौँ- आफ्ना खेलाडी मिखाइलो मड्रिक इंग्लिस क्लब चेल्सीमा भएको ‘ट्रान्सफर’पछि आउने रकममध्ये २२ मिलियन पाउन्ड युक्रेनको युद्धका लागि खर्चिने शख्तर डोनेस्कले जनाएको छ ।

युक्रेनी क्लब शख्तर डोनेस्कका मिडफिल्डर मड्रिक ८९ मिलियन पाउन्डमा चेल्सीमा आवद्ध भएको बीबीसीले जनाएको छ ।


ट्रान्सफरबाट आउने रकममध्ये २२ मिलियन पाउन्ड युक्रेनको युद्धका लागि दान गर्ने शख्तर डोनेस्कका अध्यक्ष रिनाट अख्मेटोभले बताएका छन् ।

अख्मेटोभले उक्त रकम ‘हर्ट अफ एजोभस्टल’ नामक परियोजनालाई प्रदान गरिनेछ । उक्त परियोजनाले मारिउपोलका लडाकु तथा मारिएका सैनिकहरूको परिवारलाई सहयोग गर्दै आएको छ ।


Author

थप समाचार
x