मेस्सीको पीएसजीविरुद्ध बिहीबार रोनाल्डोले साउदीमा डेब्यू गर्ने
काठमाडौँ- पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियामा पहिलो खेल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध खेल्ने सुनिश्चित भएको छ ।
साउदीको अल नासर क्लबमा आवद्ध भएपनि ३७ वर्षीय रोनाल्डोले इंग्ल्यान्डको फुटबल संघले लगाएको दुई खेलको प्रतिबन्धका कारण उनले खेल्न पाएका थिएनन् ।
तर पीएसजीविरुद्ध रियाधमा बिहीबार हुने मैत्रीपूर्ण खेलमा रोनाल्डोले रियाध एसटी-११ को कप्तानी गर्ने भएको रोयटर्सले जनाएको छ । रियाध एसटी-११ मा साउदीका अल हिलाल र अल नासर क्लबका खेलाडीहरु हुनेछन् ।
कतारका डिसेम्बरमा सम्पन्न फिफा विश्वकपका समूह चरणमा अर्जेन्टिनालाई पराजित गर्दा साउदीका लागि गोल गरेका सालेम अल-डावसारीले पनि मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया