फुटबल

युनाइटेड खरिदका लागि बेलायती अर्बपति बोलकबोल प्रक्रियामा

इकागज |
माघ ४, २०७९ बुधबार ११:५ बजे

काठमाडौँ- बेलायती अर्बपति जिम राटक्लिफको कम्पनी आईएनईओएसले इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेड खरिदका लागि आधिकारिक रुपमै बोलकबोलमा सहभागी भएको छ ।

आईएनईओएसको प्रवक्तालाई उदृत गर्दै रोयटर्सले जनाए अनुसार उक्त केमिकल फर्मले युनाइटेडलाई खरिद प्रक्रियामा सहभागी भएको हो ।


युनाइटेडको अमेरिकी मालिक ग्लाजर परिवारले २० पटकको प्रिमियर लिग विजेता युनाइटेडको केही शेयर अथवा क्लब नै बेच्नका लागि लगानीकर्ता खोजिरहेको जनाएको थियो ।

बेलायती अर्बपति जिम राटक्लिफले गत अगस्टमा युनाइटेड खरिद गर्ने इच्छा व्यक्त गरेका थिए ।


Author

थप समाचार
x