इटालियन क्लब युभेन्टसको १५ अंक कटौती
काठमाडौँ- इटालियन ‘सिरि ए’ फुटबल लिग खेल्ने क्लब युभेन्टसलाई ठूलो जरिवानाको सामना गर्नुपर्ने भएको छ । इटालीको फुटबल फेडेरेसन (एफआईजीसी) ले जारी लिगका लागि युभेन्टसको १५ अंक कटौती गरेको छ ।
विगतमा खेलाडी ट्रान्फरका क्रममा ब्यालेन्स सिट मिलाउन क्लबले कृत्रिम आम्दानी गरेको देखाएको छानविनले प्रमाणित गरेपछि एफआईजीसीले युभेन्टसको अंक कटौती गरेको बीबीसीले जनाएको छ ।
जारी सिजनको लिगमा ३७ अंकसहित तेस्रो स्थानमा रहेपनि अंक कटौतीपछि युभेन्टस १८ खेलमा २२ अंकसहित १० औँ स्थानमा झरेको छ ।
यता युभेन्टसका पूर्व खेलकुद निर्देशक तथा हाल इंग्लिस क्लब टोटेनहमका प्रवन्ध निर्देशक रहेका फावियो पाराटिसीलाई ३० महिनाको प्रतिवन्ध लगाइएको छ ।
क्लबका अध्यक्ष एन्ड्रिया एग्नेली तथा उपाध्यक्ष पाभेल नेडभेडसहित पदाधिकारीहरुले नोभेम्बरमै राजीनामा दिएका थिए । नेडभेडमाथि भने ८ महिनाको प्रतिवन्ध लगाइएको छ ।
तर क्लब भने कुनै गल्ती नगरेको तथा यस निर्णयविरुद्ध अपिल गर्ने जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया