फुटबल

युनाइटेड र टोटेनहम एफए कपको पाँचौ चरणमा

इकागज |
माघ १५, २०७९ आइतवार ९:१५ बजे

काठमाडौँ- एफए कपको चौथो चरणअन्तर्गत म्यानचेस्टर युनाइटेड र टोटेनहमले जित हात पारेका छन् । शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले रिडिङलाई ३-१ गोलअन्तरले पराजित गर्दै पाँचौ चरणमा प्रवेश गर्‍यो ।

युनाइटेडलाई जित दिलाउन कासेमिरोले २ तथा फ्रेडले १ गोल गरे । रिडिङका लागि अमाडोउ एमबेन्गुले एक गोल फर्काए ।


त्यसैगरी, टोटेनहमले प्रेस्टनलाई ३-० गोलअन्तरले पाखा लगाउँदै पाँचौ चरणमा प्रवेश गर्‍यो । टोटेनहमको जितमा सन हेउङ्ग-मिनले २ तथा अर्नाउट डान्जुमाले १ गोल गरे ।

यता लेस्टरले वालसललाई १-० तथा साउथाम्पटनले ब्ल्याकपुललाई २-१ ले पराजित गर्‍यो ।


Author

थप समाचार
x