फुटबल

अनन्त राज महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

इकागज |
माघ १५, २०७९ आइतवार १५:३६ बजे

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनन्तराज थापालाई महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । भारतविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।

एन्फाका महासचिव किरण राईले थापालाई आईतबार एन्फा कम्पलेक्समा प्रशिक्षक नियुक्त गरिएको पत्र हस्तान्तरण गरेका हुन् ।


त्यसैगरी, गंगा गुरुङलाई सहायक प्रशिक्षक तथा सुरजकुमार लामालाई गोलकिपिङ प्रशिक्षक नियुक्त गरिएको छ ।

नेपालले फेब्रुअरी १३ देखि २५ सम्म भारतविरुद्ध भारतमै मैत्रीपूर्ण खेल्ने तालिका रहेको एन्फाले जनाएको छ ।


Author

थप समाचार
x