फुटबल

भारतसँगको मैत्रीपूर्ण खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा

इकागज |
माघ १६, २०७९ सोमबार १४:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि ४३ महिला फुटबलरलाई बन्द प्रशिक्षणमा बोलाएको छ । एन्फाले जनाएअनुसार प्रशिक्षक अनन्त तामाङले पहिलो चरणको प्रशिक्षणका लागि ४३ खेलाडी बोलाएका हुन् ।

बन्द प्रशिक्षण मंगलबारबाट एन्फा कम्पलेक्समा सुरु हुनेछ । नेपालले फेब्रुअरी १३ देखि २५ सम्म भारतविरुद्ध भारतमै मैत्रीपूर्ण खेल्ने तालिका रहेको एन्फाले जनाएको छ ।


बन्द प्रशिक्षणमा परेका खेलाडी :

अमिशा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, अन्जना राना मगर, अन्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, बिमला बिक, बिमला चौधरी, चन्द्र भण्डारी, दिपा न्योपाने, दिपा शाही, गंगा गुरुङ, घिम कुमारी गुरुङ, गिता राना, हिमा चौधरी, हिरा कुमारी भुजेल, कविता बिक, कविता धिमाल, कुश्मा राई, कुसुम खतिवडा, मनिका कुसवार, मन्जली कुमारी योन्जन, मेनुका आले मगर, निर्मला बिक, निशा थोकर, प्रिति राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सावित्रा भण्डारी, समिक्षा घिमिरे, सन्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती ऐयर, सारु लिम्बु, सृजना चेम्जोङ, सृजना सिंह ठकुरी, सुनिता चौधरी, उशा नाथ रहेका छन् ।


Author

थप समाचार
x