फुटबल

एफए कपः युनाइटेडले वेस्टहम तथा सिटीले ब्रिस्टोलविरुद्ध खेल्ने

इकागज |
माघ १७, २०७९ मंगलबार ९:१९ बजे

काठमाडौँ- एफए कपको पाँचौ चरणअन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टहमविरुद्ध खेल्ने भएको छ ।

चौथो चरणअन्तर्गत वेस्टहमले डर्बी काउन्टीलाई २-० ले पराजित गरेपछि वेस्टहम र युनाइटेड पाँचौ चरणमा भिड्ने निश्चित भएको हो ।


वेस्टहमको जितमा जारोड बोवेन र मिकेल एन्टोनियोले एक-एक गोल गरे । 

यता म्यानचेस्टर सिटीले भने च्याम्पिनसीप टोली ब्रिस्टोल सिटीविरुद्ध खेल्ने तय भएको छ ।


Author

थप समाचार
x