फुटबल

साफ च्याम्पियनसीप खेल्न नेपाली टोली ढाका प्रस्थान

इकागज |
माघ १८, २०७९ बुधवार १२:४९ बजे

काठमाडौँ- बंगलादेशको राजधानी ढाकामा शुक्रबारबाट सुरु हुने साफ यू-२० महिला च्याम्पियनसीप फुटबलका लागि नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ । नेपाली महिला टिम बुधबार बंगलादेश प्रस्थान गरेको हो ।

फेब्रुअरी ९ तारिखसम्म हुने च्याम्पियनसीपमा बंगलादेशसँगै नेपाल, भारत र भुटानको सहभागिता रहनेछ । राउन्ड रोबिनका आधारमा हुने च्याम्पियनसीपको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।


नेपालले पहिलो खेल आयोजक बंगलादेशसँग फेब्रुअरी ३, दोस्रो खेल भुटानसँग ५ तथा तेस्रो खेल भारतसँग ७ तारिखमा खेल्ने तालिका रहेका छ । फाइनल फेब्रुअरी ९ मा हुनेछ ।

नेपाली टोलीः

खेल तालिकाः


Author

थप समाचार
x