फुटबल

भ्यालेन्सियालाई पराजित गर्दै रियलले घटायो बार्सिलोनासँगको दूरी

इकागज |
माघ २०, २०७९ शुक्रवार ९:२१ बजे

काठमाडौँ- स्पेनिस ला लिगामा दोस्रो स्थानको रियल मड्रिडले शीर्षस्थानको बार्सिलोनासँगको दूरी पाँच अंकमा झारेको छ । ला लिगाअन्तर्गत बिहीबार राति भएको खेलमा १० खेलाडीमा सिमित भ्यालेन्सियालाई २-० ले पराजित गर्दै रियल मड्रिडले अंक दूरी घटाएको हो ।

जितसँगै रियल मड्रिडले १९ खेलबाट ४५ अंक जोडेको छ । यता शीर्ष स्थानको बार्सिलोनाको ५० अंक छ । पराजित भएको भ्यालेन्सिया २० अंकसहित १४ औँ स्थानमा यथावत रहेको छ ।


भ्यालेन्सियाविरुद्ध रियल मड्रिडलाई जित दिलाउन लोस ब्लान्कोसले ५२ औँ मिनेट तथा भिनिसियस जुनियरले ५४ औँ मिनेटमा एक-एक गोल गरे ।

७२ औँ मिनेटमा गाब्रियल पौलिस्टाले रातो कार्ड खाएपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भएको थियो ।


Author

थप समाचार
x