फुटबल

मिडफिल्डर विशाल राई पनि अस्ट्रेलिया प्रस्थान

इकागज |
माघ २०, २०७९ शुक्रबार १०:१२ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । ‘ए’ डिभिजन फुटबल लिग क्बल मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठले शुक्रबार बिहान विशाललाई बिदाइ गर्दै गरेको तस्बिर र सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

अनिलले उज्वल भविष्यको कामना गर्दै विशाललाई विदाइ गरेको स्टाटस पनि फेसबुकमा राखेका छन् ।


सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्रबाट खेल्दै आएका विशाललाई अनिलसँगै अन्य खेलाडीहरूले बिदाइ गरेका थिए । पछिल्ला केही समयमा नेपाली खेलाडीहरूका लागि अस्ट्रेलिया पहिलो गन्तव्यको रूपमा रहेको छ । केही महिनाभित्रै ३० भन्दा बढी खेलाडी अस्ट्रेलिया गइसकेका छन् ।

सन् २०१५ मा राष्ट्रिय टिममा डेब्यू गरेका विशालले नेपालका लागि ३३ खेल खेल्दै ५ अन्तर्राष्ट्रिय गोल समेत गरिसकेका छन् ।


Author

थप समाचार
x