युईएफए असिस्ट यू-१७ च्याम्पियनसीपका लागि प्रारम्भिक टोली घोषणा
काठमाडौँ- बंगलादेशमा हुने युईएफए असिस्ट यू-१७ महिला च्याम्पियनसीप २०२३ का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २८ खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणका लागि बोलाएको छ । युइएफए असिस्ट प्रोग्राम अन्तर्गत साउथ एसियन फुटबल फेडेरेसनले बंगलादेशमा च्याम्पियनसीप मार्च २० देखि ३१ तारिखसम्म आयोजना गर्दैछ ।
च्याम्पियनसीपका लागि मुख्य प्रशिक्षक रहेकी भवगती राना मगरले २८ खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणका लागि बोलाएको एन्फाले जनाएको छ । बंगलादेशमै भएको साफ यू-१५ महिला च्याम्पियनसीपको उपाधि नेपालले जित्दा भवगती मुख्य प्रशिक्षकको भूमिका रहेकी थिइन् ।
नेपाली टिमः
गोलरक्षकः सुजाता तामाङ, राधिका ओली, पुष्पा रोकाया, करुणा बुढाथोकी
डिफेन्डरः अमिता भुल, माया मास्के, झुमा विश्वकर्मा, विपना स्नेही, सीता रोकाया, लीला चन्द, अन्जना पुन, प्रेणा डोल्मा लामा, दिपा मगर, सिम्रन राई, रेणु लिम्बु चाबेगु
मिडफिल्डरः रुपा लिम्बु, दिलमाया घिसिङ, भावना परियार, विकल्पकुमारी चौधरी, सुमी हाङ्मा राई, सुक्रिया मिया, काजल स्याङतान, सुशिला केसी, पुनम चेम्जोङ
फरवार्डः सेनु परियार, दिपा रोकाया, वर्षा ओली, कविता गुरुङ
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया