फुटबल

लिभरपुलको पोस्टमा उल्भ्सको तीन गोल, आर्सनल पनि पराजित

इकागज |
माघ २२, २०७९ आइतबार ८:५७ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत उल्भ्सले लिभरपुललाई स्तब्ध तुल्याएको छ । शनिबार राति भएको खेलमा उल्भ्सले लिभरपुललाई ३-० स्तब्ध पारेको हो ।

उल्भ्सको जितमा क्रेग डाउसन तथा रुबेन नेभेसले एक-एक गोल गर्दा लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरे । जितसँगै २१ खेलबाट २० अंक जोडेको उल्भ्स १५ औँ स्थानमा उक्लिएको छ । २० खेलबाट २९ अंक जोडेको लिभरपुल भने १० औँ स्थानमा यथावत छ ।


यता ‘लिग लिडर’ आर्सनल भने ‘बटम थ्री’ मा रहेको एभर्टनसँग पराजित भयो । एभर्टनले आर्सनललाई १-० गोलअन्तरले पराजित गरेको हो । एभर्टनलाई जित दिलाउन जेम्स तार्कोस्कीले निर्णायक गोल गरे ।

पराजित भएको शीर्ष स्थानको आर्सनलले २० खेलबाट ५० अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको भने ४५ अंक छ । एभर्टन भने २१ खेलबाट १८ अंक जोड्दै १८ औँ स्थानमा उक्लिएको छ ।


Author

थप समाचार
x