म्यानचेस्टर सिटीमाथि सय भन्दा बढी नियम तोडेको आरोप
काठमाडौँ- इंग्लिस प्रिमियर लिगले म्यानचेस्टर सिटीलाई एक सय भन्दा बढी आर्थिक नियम तोडेको आरोप लगाएको छ । बीबीसीले जनाएअनुसार चार वर्ष लामो छानबिनपछि प्रिमियर लिगले सिटीमाथि एक सय भन्दा बढी आर्थिक नियमविपरीत काम गरेको आरोप लगाएको हो ।
आर्थिक नियम तोडेको आरोप लागेपछि स्वतन्त्र छानबिन टोलीले सन् २००९ देखि २०१८ सम्मको सिटीको आर्थिक गतिविधिबारे छानबिन गरेको थियो ।
प्रिमियर लिगले छानबिनका क्रममा सिटीले सहयोग नगरेको समेत आरोप लगाएको छ । तर सिटीले भने उक्त आरोपलाई लिएर आश्चर्य चकित भएको जनाएको छ ।
छानबिन टोलीले सिटीमाथि जरिवाना तिराउन तथा जारी इंग्लिस प्रिमियर लिगमा सिटीको अंक कटौती समेत गर्न सक्नेछ ।
सिटीले सन् २००८ देखि २०२२ सम्म ६ पटक प्रिमियर लिगको उपाधि जितेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया