फुटबल

म्यानचेस्टर सिटीमाथि सय भन्दा बढी नियम तोडेको आरोप

इकागज |
माघ २४, २०७९ मंगलबार ९:२८ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगले म्यानचेस्टर सिटीलाई एक सय भन्दा बढी आर्थिक नियम तोडेको आरोप लगाएको छ । बीबीसीले जनाएअनुसार चार वर्ष लामो छानबिनपछि प्रिमियर लिगले सिटीमाथि एक सय भन्दा बढी आर्थिक नियमविपरीत काम गरेको आरोप लगाएको हो ।

आर्थिक नियम तोडेको आरोप लागेपछि स्वतन्त्र छानबिन टोलीले सन् २००९ देखि २०१८ सम्मको सिटीको आर्थिक गतिविधिबारे छानबिन गरेको थियो ।


प्रिमियर लिगले छानबिनका क्रममा सिटीले सहयोग नगरेको समेत आरोप लगाएको छ । तर सिटीले भने उक्त आरोपलाई लिएर आश्चर्य चकित भएको जनाएको छ ।

छानबिन टोलीले सिटीमाथि जरिवाना तिराउन तथा जारी इंग्लिस प्रिमियर लिगमा सिटीको अंक कटौती समेत गर्न सक्नेछ ।

सिटीले सन् २००८ देखि २०२२ सम्म ६ पटक प्रिमियर लिगको उपाधि  जितेको थियो ।


Author

थप समाचार
x