फुटबल

भारतलाई पराजित गर्दै नेपाल फाइनल पुग्ला ?

इकागज |
माघ २४, २०७९ मंगलबार १०:५३ बजे

काठमाडौँ- बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसीपअन्तर्गत महत्वपूर्ण खेलमा नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल बंगलादेशको राजधानी ढाकामा नेपाली समयअनुसार दिउँसो २:४५ बजेबाट सुरु हुनेछ ।

राउन्ड रोबिनको आधारमा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले फाइनल पुग्न भारतलाई पराजित गर्नुपर्ने छ ।


यसअघि पहिलो खेलमा आयोजक बंगलादेशसँग ३-१ ले पराजित भए पनि दोस्रो खेलमा भने भुटानलाई ४-० ले पराजित गर्दै फाइनल पुग्ने सम्भावना कायम राखेको थियो ।

यता भारतले भने पहिलो खेलमा भुटानलाई १२-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

तालिका भने भारत र बंगलादेशले समान ४-४ अंक जोडे पनि गोल अन्तरमा भने भारत शीर्ष स्थानमा तथा बंगलादेश दोस्रो स्थानमा रहेका छन् ।

आजै हुने दोस्रो खेलमा भने बंगलादेशले भुटानविरुद्ध खेल्नेछ ।


Author

थप समाचार
x