फुटबल

फुटबलर क्रिस्टियनको भूकम्पको भग्नावशेषबाट जिउँदै उद्धार

इकागज |
माघ २४, २०७९ मंगलबार १५:५३ बजे

काठमाडौँ- टर्कीमा गएको भूकम्पपछि हराइरहेका घाना राष्ट्रिय फुटबल टिमका विंगर क्रिस्टियन अट्सुलाई जिवितै उद्धार गरिएको छ । टर्कीको सुपर लिग क्लब हातायस्पोरका लागि खेल्दै आएका क्रिस्टियनलाई हातायको एक घरको भग्नावशेषबाट उद्धार गरिएको बीबीसीले जनाएको छ ।

इंग्लिस क्लब न्यूकासल, चेल्सी, एभर्टन र बर्नमाउथका लागि १ सय ७ खेल खेलेका क्रिस्टियन सोमबार गएको भूकम्पपछि सम्पर्कविहीन भएका थिए । उनलाई घाइते अवस्थामा उद्धार गरिएको समाचारमा उल्लेख छ ।


हाताय भूकम्पको केन्द्रविन्दु नजिकै रहेको क्षेत्र हो । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परी ४ हजार ८ सय मानिसको मृत्यु भइसकेको छ ।


Author

थप समाचार
x