फुटबल

भूकम्पमा परी टर्किस गोलरक्षकको मृत्यु

इकागज |
माघ २५, २०७९ बुधबार ९:१ बजे

काठमाडौँ- भूकम्पमा परी टर्कीका एक फुटबल खेलाडीको मृत्यु भएको छ । गोल रक्षक अहमेट इयुप टर्कास्लानको टर्कीमा सोमबार गएको भूकम्पमा परी मृत्यु भएको उनी आवद्ध क्लब यनी मालाट्यास्पोरले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

टर्की र सिरियाको सीमाक्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा पनि ५ हजार मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ ।


२८ वर्षीय अहमेट टर्कीको दोस्रो डिभिजन क्लब यनी मालाट्यास्पोरमा सन् २०२१ मा अवद्ध भएका थिए । उनले टिमका लागि ६ खेल खेलेका थिए ।


Author

थप समाचार
x