पीएसजीका फरवार्ड मेस्सीले बार्यनविरुद्धको खेल गुमाउने सम्भावना
काठमाडौँ- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले च्याम्पियन्स लिगअन्तर्गतको जर्मन क्लब बायर्न म्युनिखविरुद्ध खेल गुमाउने सम्भावना बढेको छ ।
मेस्सीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग गुमाउने सम्भावना रहेको रोयटर्सले जनाएको छ । पीएसजी र बायर्नबीचको पहिलो लेग फेब्रुअरी १५ मा हुनेछ ।
फ्रेन्च कपअन्तर्गत ओलम्पिक मार्सलविरुद्धको पीएसजीले २-१ को पराजय भोग्दा मेस्सी पुरा समय नै मैदानमा रहेका थिए ।
तर उनले ह्यामस्ट्रिङमा समस्या झेलिरहेको र सोही कारण बायर्नविरुद्ध खेल गुमाउन सक्ने भएका छन् । मेसीले फ्रेन्च लिग वानअन्तर्गत एएस मोनाकोसँगको खेल पनि गुमाउने सम्भावना रहेको छ ।
पीएसजीका अर्का फरवार्ड कायलियन एमबाप्पे पनि घाइते छन् र उनले बार्यनविरुद्ध खेल गुमाउने निश्चित भइसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया