इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र युनाइटेड विजयी
काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३-१ गोलअन्तरले पराजित गर्यो ।
सिटीलाई जित दिलाउन रोड्री, इल्के गुन्डोगान र रियाद महरेजले एक-एक गोल गरे । ओली वाट्किन्सले एस्टन भिल्लाका लागि एक गोल फर्काए ।
जितसँगै दोस्रो स्थानमा रहेको सिटीले शीर्ष स्थानको आर्सनलसँगको दूरी ३ अंकमा झारेको छ । आर्सनलले २१ खेलबाट ५१ अंक जोड्दा सिटीको २२ खेलमा ४८ अंक छ । एस्टन भिल्ला २८ अंकसहित ११ औँ स्थानमा छ ।
यसैबीच, आइतबार राति नै तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई २-० ले पराजित गर्यो । म्यानचेस्टर युनाइटेडको जितमा मार्कस रासफोर्ड र अलेजान्द्रो गारनागोले एक-एक गोल गरे ।
जितसँगै म्यानचेस्टर युनाइटेडले २३ खेलबाट ४६ अंक जोडेको छ । २२ खेल खेलेको लिड्स १९ अंकसहित १७ औँ स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया