च्याम्पियन्स लिगः बायर्नसँग पीएसजी पराजित
काठमाडौँ- युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पीएसजीले जर्मन क्लब बायर्न म्युनिखसँग १-० को पराजय भोगेको हो ।
बायर्नको जितमा एकमात्र निर्णायक गोल किंगस्ले कोमानले गरे । कोमानले ५३ औँ मिनेटमा गरेको गोलसँगै बायर्नको जित सुनिश्चित भयो । यी दुई टोलीबीचको दोस्रो लेगको खेल मार्च ८ मा जर्मनीमा हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया