फुटबल

म्यानचेस्टर युनाइटेड खरिदका लागि कतारी शेख जमिस र इनियोस बोलकबोलमा

इकागज |
फागुन ६, २०७९ शनिबार ९:१९ बजे

काठमाडौँ- कतारको सबै भन्दा ठूलो बैंक मध्ये एक बैंकका मालिक शेख जसिम बिन हमाद अल थानीको कम्पनीले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड खरिदका लागि बोलकबोलमा सहभागी हुने भएको छ ।

बीबीसीले जनाए अनुसार शेख जसिमले युनाइटेड खरिदका लागि आफ्नो नाइन टू फाउन्डेसनले बोलकबोलमा सहभागिता जनाउने स्पष्ट पारेका छन् ।


त्यसैगरी, बेलायती अर्वपती सर जिम र्‍याक्लिफको कम्पनी इनियोसले पनि इंग्लिस क्लब खरिदका लागि बोलकबोलमा सहभागी हुने जनाएको छ ।

सन् २००५ मा युनाइटेड खरिद गरेको ग्लेजर परिवारले क्लब बेच्नका लागि खरिदकर्ताको खोजी गरिरहेको छ ।


Author

थप समाचार
x