फुटबल

म्यानचेस्टर सिटी दोस्रो स्थानमा झर्‍यो

इकागज |
फागुन ७, २०७९ आइतबार ९:१५ बजे

काठमाडौँ- नटिङ्घम फरेस्टसँग बराबरी खेलेसँगै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा झरेको छ । आर्सनलले एस्टन भिल्लालाई ४-२ ले पराजित गर्दा सिटीले फरेस्टसँगै १-१ को बराबरी खेलेपछि सिटी एक स्थान तल झरेको हो ।

एस्टन भिल्लालाई पराजित गरेको आर्सनल भने पुनः शीर्ष स्थानमा उक्लिएको छ । सिटीले भने सुरुवाती अग्रता जोगाउन नसक्दा फरेस्टसँग बराबरीमा रोकियो । बर्नार्ड सिल्भाले ४१ औँ मिनेटमा सिटीलाई अग्रता दिलाए पनि फरेस्टका क्रिस उडले ८४ औँ मिनेटमा बराबरी गोल गरे ।


शीर्ष स्थानमा उक्लिएको आर्सनलले २३ खेलबाट ५४ अंक जोडेको छ भने सिटीको २४ खेलमा ५२ अंक छ । २३ खेलबाट २५ अंक जोडेको फरेस्ट भने १३ औँ स्थानमा उक्लिएको छ ।


Author

थप समाचार
x