रियल मड्रिडका महान खेलाडी अमारोको निधन
काठमाडौँ- स्पेनिस फुटबल क्लब रियल मड्रिडका महान खेलाडी अमान्सियो अमारोको निधन भएको छ । अमारोको ८३ वर्षको उमेरमा मंगलबार निधन भएको रियल मड्रिडले जनाएको छ ।
अमारोले रियलका लागि ४ सय ७१ खेल खेल्दै १ सय ५५ गोल गरे । उनले रियललाई ९ पटक ला लिगा, युरोपियन कप तथा तीन पटक कोपा डेल रेको उपाधि दिलाए । उनले सन् १९७६ मा फुटबलबाट सन्न्यास लिएका थिए ।
उनले स्पेनका लागि ४२ खेल खेलेका थिए । स्पेनले सन् १९६४ मा युरोपियन च्याम्पियनसीपको उपाधि जित्दा टिमका सदस्य थिए । उनी रियलका मानार्थ अध्यक्ष समेत थिए ।
फुटबलबाट सन्न्यास लिएपछि उनी रियलको बी-टिमको प्रशिक्षक समेत बनेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया