केपी ओली कप: आर्मी र सातदोबाटो ५३ मिनेटपछिको खेल खेल्दै
काठमाडौँ- वर्षाले रोकिएको केपी ओली कपको सेमिफाइनलको बाँकी समयको खेल आज हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल जारी रहदाँ मेघ गर्जनसहित पानी परे पछि त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लब बिच रोकिएको सेमीफाइनल खेल आज हुन लागेको हो ।
खेलको सकिन लाग्दा वर्षा सुरू भए पछि आजसम्मका लागि खेल गरिएको थियो । आयोजकका अनुसार दुवै टिमसँगको सल्लाहपछि आज ११ बज]पछि बाँकी ५३ मिनेटपछिको खेल हुनेछ ।
आइतबार भएको खेलमा ५३ मिनेटसम्म कुनै टोलीवाट गोलसम्म हुन सकेको थिएन् । दोस्रो सेमिफाइनलमा भने दिउँसो ३ बजे मछिन्द्र र आयोजक केपी ओली एफसीबीच हुँदैछ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया