फुटबल

विवादबीच क्यानाडा फुटबल संघका अध्यक्ष निकले दिए राजीनामा

इकागज |
फागुन १६, २०७९ मंगलबार ९:४७ बजे

काठमाडौँ- पारिश्रमिक विवादबीच क्यानाडा फुटबल संघका अध्यक्ष निक बोन्टिसले पदबाट राजीनामा दिएका छन् । पुरुष र महिला खेलाडीलाई समान पारिश्रमिक दिनुपर्ने माग उठिरहेको समयमा निकले अध्यक्ष पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ ।

क्यानाडाको महिला राष्ट्रिय टिमका सदस्यहरूले बजेटमा गरिएको कटौती तथा समान पारिश्रमिकको माग पूरा नभए अप्रिलमा टिमको बन्दमा सहभागी नहुने चेतावनी दिएका छन् ।


यसअघि उनीहरूले महिला टिमका सदस्यहरूले सिबिलिभ्स कपका क्रममा समेत संघको विरोध गरेका थिए ।

यसअघि गत जुनमा पुरुष टिमका खेलाडीहरूले विश्वकपको पुरस्कार राशीमा संघले अपमान गरेको तथा महिला टिमको मागलाई समर्थन गर्दै संघका पदाधिकारीहरूको विरोध गरेका थिए ।


Author

थप समाचार
x