संकटालाई यूक्यान र निल डेभिडको प्रायोजन
काठमाडौँ- ‘ए’ डिभिजन फुटबल क्लब संकटाले खेलकुद सामाग्री उत्पादक तथा वितरक यूक्यान तथा निलडेभिड सैलुन एन्ड एकेडेमीसँग प्रायोजन सम्झौता गरेको छ । शुक्रबारदेखि सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगलाई लक्षित गरी संकटाले यूक्यान तथा निलडेभिड एकेडेमीसँग सम्झौता गरेको हो ।
संकटाले यूक्यानसँग आधिकारिक खेल सामाग्री प्रायोजकको रुपमा सम्झौता गरेको हो । क्लबका अध्यक्ष इन्द्रमान तुलाधर तथा यूक्यानका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार यूक्यानले संकटालाई वार्षिक रुपमा ६ देखि ७ लाख बराबरको खेल सामाग्री प्रदान गर्नेछ ।
त्यसैगरी, संकटाले निलडेभिड एकेडेमीसँग स्टायलिङ पार्टनरको रुपमा सम्झौता गरेको हो । क्लब अध्यक्ष तुलाधर तथा एकेडेमीका अनुराग कंडेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार एकेडेमीले संकटा क्लबका खेलाडीहरूलाई स्टाइलिस बनाउने कार्य गर्नेछ । त्यसवापत क्लबले खेलाडीको जर्सीमा लोगो प्रयोग गर्नेछ ।
यसैबीच, क्लब अध्यक्ष तुलाधरले लिगका लागि २ करोड ४० लाख बजेट छुट्याएको बताए । उनले यस सिजनको लिग जित्ने लक्ष्यसहित क्लबले तयारी गरेको समेत जनाए ।
उनले टिममा थप खेलाडी भित्र्याउने प्रयास भइरहेको जानकारी समेत गराए ।
संकटाको टिमः
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया